|

बुटवल : तिनाउ सरसफाइ अभियानको चौथो हप्ता बुटवलको लुम्बिनी बस टर्मिनल सरसफाइ गरिएको छ। झमझम पानीमा रुझ्दै सरसफाइ अभियन्ताहरूले बसपार्कमा थुप्रिएको फोहोर सफा गरे। 

तिनाउ सरसफाइ अभियान र ग्रिनसिटी अस्पतालले सरसफाइ अभियानको संयोजन गरेका थिए। हरेक हप्ताको शनिबार बुटवल र आसपासको क्षेत्रमा सरसफाइ गर्नका लागि यो अभियान थालिएको तिनाउ सरसफाइ अभियानका संयोजक लोकबहादुर टण्डनले जानकारी दिए। 

अभियानमा प्रदेश ५ का पर्यटन मन्त्री लीला गिरी, बुटवल उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीलगायत संघसंस्था र समूहहरूको सहभागिता रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.