बुटवल : चिकित्सा क्षेत्रको सुधारको माग राखेर १५ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा बुटवलमा प्रदर्शन भएको छ।
सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अभियानले बुटवलमा ‘आइ एम विद् गोविन्द केसी, गोविन्द केसीका माग पूरा गर, मेडिकल माफिया मुर्दावाद्, भ्रष्ट र दलाल सरकार चाहिदैन, दुर्इ करोड नेपालीको स्वास्थ्यमा खेलवाड किन?, चिकित्सा शिक्षा ऐन पारित गर, उपचारको अभावमा कसैको ज्यान नजाओस्, नागरिक स्वतन्त्रता हनन गर्न पाइँदैन, जस्ता नारा लेखेका प्लेकार्डसहित प्रदर्शन गरेको हो।
विगत १५ दिनदेखि जुम्लामा अनशन बसिरहेका केसीका माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै सामाजिक अभियन्ताहरूले विरोध गर्दै आएका छन्।
फोटो: सी. पी. खनाल
तपाईंको ईमेल गोप्य राखिनेछ ।