|

काठमाडौं : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन्। विगत २ वर्षदेखि प्रेममा रहेको यो जोडीले शनिबार सुटुक्क इन्गेजमेन्ट गरेको हो। उनीहरुले दुबै परिवारको उपस्थितीमा औँठी साटेका हुन्।

अहिले मिडियामा उनीहरुको इन्गेजमेन्टलाई लिएर बधाई दिनेको सङ्ख्या धेरै छ। धेरै सेलिब्रेटीहरुले उनीहरुलाई शुभकामना दिएका छन्।  

प्रियंका र आयुष्मान फिल्म 'कथा काठमाडौं'को छायाँकनदेखि नजिक भएका थिए। उनीहरुले आफ्नो प्रेमलाई मिडियामाझ पनि खुल्लम खुल्ला प्रस्तुत गरिरहेका थिए। उनीहरुको एक अवार्ड कार्यक्रममा गरेको चुम्बनले पनि खुबै आलोचना खप्नु परेको थियो।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.