|

काठमाडौं : ललितपुरको नख्खीपोटबाट दुई थान पेस्तोल र विभिन्न कम्पनीका खुकुरीसहित दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले दुई थान पेस्तोल, त्यसमा लाग्ने ५६ राउण्ड गोली र खुकुरीसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुर खुमलटार- १५ का  रोशन सुब्बा लिम्बू र नुवाकोट तारकेश्वर गाउँपालिका- १ का रामचन्द्र अधिकारी रहेका छन्। 

अाइतबार मात्र ललितपुर प्रहरीले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित नख्खीपोटबाटै हेमराज पौडेल, अंशुराम मोक्तान र कृष्णबहादुर जोगीलाई पनि पक्राउ गरेको थियो ।

अाइतबार पक्राउ परेकाबारे अनुसन्धान गर्ने क्रममा सोमबार थप हतियार बरामद गरेको ललितपुर प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले जनकारी दिए। पछिल्लो समय उपत्यकामा साना हतियार भेटिन थालेपछि प्रहरीले विशेष अपरेसनहरू संचालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.