|

काठमाडौं : १८औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षकले एटियु प्रशिक्षण लाइसेन्स कोर्स पूरा गरेका छन्। एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्समा नेपालका ४ प्रशिक्षकले पूरा गरेका हुन्।

मंगलबार दक्षिण कोरियाको जेजुमा नेपालका प्रशिक्षक नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, संगिना वैद्य र दीपक विष्ट प्रशिक्षक लाइसेन्स कार्स पूरा गरेका हुन्। प्रशिक्षक लामाले पुम्सेतर्फ कोर्स गरेका थिए। बाँकी तीन प्रशिक्षकले भने ग्यरोगीको प्रशिक्षक प्रशिक्षण कोर्स पूरा गरेका हुन्।

यो कोर्स पूरा गरेपछि मात्र विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ) ले आयोजना गने अफिसियल गेम्स प्रशिक्षकले प्रशिक्षण गर्न पाउने प्रावधान रहेको छ। यसअघि डब्लुटिएफले जारी गर्ने गरेको ग्लोबल लाइसेन्स भएका प्रशिक्षकले मात्र जी-१ अथवा अफिसियल गेममा प्रशिक्षण गर्न पाउने प्रावधान थियो।

यद्यपि, एटियुले केही समय अगाडि मात्र नियम परिवर्तन गर्दै एटियु कोर्स पूरा गरेकाले मात्र अफिसियल गेम्समा प्रशिक्षण गर्न पाउने प्रावधान राखेको थियो। कोर्स पूरा गरेका नेपालका चारै प्रशिक्षक नेपाली राष्ट्रिय टोलीको वैदेशिक प्रशिक्षणका लागि हाल दक्षिण कोरियामा छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.