|

जुम्ला : भिड नियन्त्रणका लागि जुम्लामा प्रहरीले चलाएको 'गोली लागि प्रहरी घाइते' भन्ने समाचारको कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानले खण्डन गरेको छ। प्रहरीको गोली नभई अज्ञात व्यक्तिबाट सिसा प्रहार भई प्रहरी जवान कमल आचार्य घाइते भएको प्रतिष्ठानका निर्देशक  धर्मराज गोसाईं र सिनेट सदस्य सत्य सहाडीले बताए।

थाहाखबरसँग कुरा गर्दै उनले भने, 'हुँदै नभएको कुरा किन प्रचार भइरहेको छ मैले बुझेको छैन,' उनले थपे, 'उहाँ गोली लागेर हैन सिसाले लागेर घाइते हुनुभएको रहेछ र उहाँको अहिले अप्रेसन सुरु भएको छ।' यता, प्रहरीले समेत गोली नचलेको बताएको छ।
 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.