|

बुटवल : प्रदेश ५ का १०९ वटा स्थानीय तहमा शीतभण्डार स्थापना गर्न सरकारले तयारी थालेको छ। प्रदेश ५ सरकारले ‘एक पालिका एक शीत भण्डार’ बनाउने नीति अनुसार सवै पालिकामा शीतभण्डार स्थापना गर्ने तयारी गरेको हो। 

शीतभण्डार नहुँदा किसानले उत्पादन गरेका कृषि उपज खेर जाने तथा सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको छ। शीतभण्डार निर्माण भएपछि किसानले त्यसलाई संकलन गरेर राख्न सक्छन् र बेमौसममा समेत बेच्न सक्छन्। शीतभण्डार निर्माणका लागि सरकारले ५० करोड बजेट छुट्याएको छ। यो वर्षमा कम्तीमा पनि १० वटा स्थानीय तहमा शीतभण्डार निर्माण गर्ने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री यमनारायण देवकोटाले बताए।

एक पालिका एक शीत भण्डार बनाउने नीति अनुरुप स्थानीय तहसँगको सहकार्यमा १० वटा शीत भण्डार निर्माण गर्ने गरी ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको कृषि भूमि तथा व्यवस्थापन मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको बजेटमै सरकारले सबै पालिकामा शीत भण्डार स्थापनाका लागि संघीय सरकारसँग समपुरक अनुदान माग गर्ने उल्लेख गरेको छ। ‘खेतीकिसानी गरेरै जीविका चलाउने किसानलाई लक्षित गरी शीतभण्डारको अवधारणा ल्याइएको हो’ कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव देवकोटाले भने। 

शीतभण्डार नभएको तर अति आवश्यक स्थानीय तहलाई पहिलो प्राथमकिता राख्ने उनले बताए। उनले शीतभण्डारमा स्थानीय तह वा कृषि फर्महरूसँग सहकार्य गरेर स्थापनालाई जोड दिइने जानकारी दिए। ‘प्रदेश सरकारले ५० प्रतिशत अनुदान दिँदा स्थानीय तह वा अन्य निकायले ५० प्रतिशत खर्च व्यहोर्ने गरी शीतभण्डार स्थापना गर्नेछौं’,' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.