काठमाडौं : नेपाल पत्रकार महासंघले थाहाखबरका उदयपुर संवाददाता विदुर कटुवाललाई त्रियुगा नगरपालिका प्रमुखसहितले धम्की दिएकोमा आपत्ति जनाएको छ।
महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्ति प्रकाशित गरी समाचार लेखेको विषयलाई लिएर त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीलगायतले पत्रकार कटुवाललाई धम्की दिएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
प्रकाशित समाचारमा चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा जनप्रतिनिधिबाट भएको कार्य प्रेस स्वतन्त्रता विरोधी भएको महासचिव विष्टले जनाएका छन्।
महासंघले सो घटनाको भर्त्सना गर्दै प्रेसको संवैधिनक अधिकारको सम्मान गर्न र आगामी दिनमा यस्ता घटना नदोहोर्याउन मागसमेत गरेको छ।
पत्रकार कटुवाललाई थाहाखबरमा प्रकाशित सामग्रीलाई लिएर धम्की दिइएको थियो।
यस्ता थिए धम्कीपूर्ण विज्ञप्ति
यो पनि हेर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।