|

काठमाडौं : कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा पाँच वटा उजुरी परेका छन्। संवैधानिक परिषद्ले जोशीको नाम प्रधानन्यायाधीशको रुपमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले उनका विरुद्धमा उजुरी दिनका लागि सार्वजनिक सूचना जारी गरेको थियो। 

यो बीचमा जोशीका विरुद्धमा पाँच वटा उजुरी परेको संसदीय सुनुवाई विशेष समितिले जनाएको छ। उनीविरुद्ध परेका उजुरी भने अहिलेसम्म गोप्य राखिएको छ। संसदीय समितिले यसअघि पनि उजुरीहरू गोप्य राख्दै आएको थियो। जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतमा काम गर्दै गर्दा जोशीमा कार्यक्षमताको अभाव भएको भन्दै उजुरीहरु परेको बताइएको छ। 

अब संसदीय समितिले उजुरीका सन्दर्भमा जवाफ माग्ने छ। संसदीय समितिको दुई तिहाइले जोशीलाई अस्वीकार गरेमा उनी प्रधानन्यायाधीश बन्न पाउने छैनन्। दुई तिहाइले अस्वीकार गरे मात्रै नियुक्ती रोकिने कार्यविधि रहेको छ। 

सर्वोच्च अदालतमा गोपाल पराजुलीको अवकास पछि अहिलेसम्म प्रधानन्यायाधीशको पद रिक्त छ। प्रधानन्यायाधीशको सिफारिस संवैधानिक परिषद्ले गर्ने व्यवस्था छ। सरकार गठन, संसदीय समितिको निर्माण लगायतका काममा ढिलाई हुँदा प्रधानन्यायाधीशको नियुक्ती हुन नसकेको हो। अब केही दिनमै संसदीय सुनुवाई समितिले जोशीसँग जवाफ मागेपछि उनको नियुक्तीको विषयमा टुंगो लाग्ने अपेक्षा गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.