|

सिमकोट : चीनको स्वास्वासित क्षेत्र तिब्बतको ताक्लाकोटमा गाडीले किचेर एक जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा हुम्लाको नाम्खा गाउँपालिका यारी गाउँका छविलाल लामा रहेको ताक्लाकोटबाट छिङ्गटसी लामाले जानकारी गराए।

छिङ्गटसीका अनुसार हुम्लाको सीमा जोडिएको तिब्बतको ताक्लाकोटमा बुधबार राति ६ बजे ताक्लाकोटतिर आउँदै गर्दा गाडीले किचेर थियो। घाइते भएका लामालाई उपचारका लागि अस्पातलमा लाँदै गर्दा बाटमै मृत्यु भएको हो।

त्यहाँको स्थानीय सरकारले आफन्तलाई शव बुझाउने तयारी गरेको छ। तर, आफन्तले भने दोषीमाथि कारबाही नभई शव नबुझने अडान लिएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.