|

सिन्धुली : सिन्धुलीमा आर्थिक वर्ष २०७४/०७५ को बजेट एक अर्ब भन्दा बढी फ्रिज हुन पुगेको छ। विगत वर्षहरू झैं आर्थिक वर्ष २०७४/०७५ मा पनि जेठ-असारमा आाएर योजनासम्झौता गर्दै सञ्चालन गरिएकाले पुँजीगत र चालु दुवै शीर्षकको बजेट खर्च हुन नसकेको हो। 

कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७४ ०७५ मा एक अर्ब तीन करोड एक लाख २० हजार रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको जनाएको छ। कार्यालयका अनुसार जिल्लाका ५९ वटा सरकारी कार्यालयहरुले समयमा काम सम्पन्न गर्न नसकेर उक्त रकम प्रिज भएको हो।

सरकारले जिल्लामा पठाएको चालुगत तर्फ १० अर्व ४५ करोड १५ लाख ७८ हजार रुपैयाँ बजेट मध्ये नौ अर्व ८७ करोड ३० लाख २३ हजार खर्च भएको र ५७ करोड ८५ लाख ५५ हजार रुपैयाँ फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका कोष नियन्त्रक सुरेशप्रसाद दाहालले जानकारी दिए। 

पुँजीगततर्फ एक अर्व ७८ करोड ४१ लाख १२ हजार मध्ये १ अर्व ३३ करोड २५ लाख ४७ हजार खर्च भएको र ४५ करोड १५ लाख ६५ हजार रुपैयाँ फ्रिज गएको कोष नियन्त्रक दाहालले बताए। कोष नियन्त्रक दाहालका अनुसार सिन्धुलीमा आर्थिक वर्ष २०७४।०७५ मा राजश्व ३० करोड ३३ लाख ९५ हजार संकलन भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.