|

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिको बैठक आइतबारका लागि सरेको छ। शुक्रबार बोलाइएको बैठक बस्दै नबसी आइतबारका लागि सरेको हो। 

सुनुवाइ समितिले आजको बैठकबाट प्रधानन्यायाधीशमा प्रस्तावित एवं सुनुवाइ भइसकेका दीपकराज जोशीको नाममा निर्णय गर्ने वा थप छानबिन गर्ने भन्ने कार्यसूची रहेको थियो।

आजको बैठक सर्नुको कारण प्रतिनिधिसभा बैठक लम्बिनु रहेको समितिका सदस्य पार्वत गुरुङले जानकारी दिए। उनले अब आइतबारको बैठकले सुनुवाइका लागि  फेरि बोलाउने वा नाम स्वीकृत गर्ने भन्ने निर्णय गर्ने बताए। 

जोशीको बिहीबार सुनुवाइ भएको थियो। जसमा जोशीले आफ्ना कार्ययोजना राखेका थिए भने सांसदहरूका प्रश्नको उत्तर दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.