|

चितवन : मुग्लिन-­मलेखु सडकखण्डअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित चुम्लिङटारमा शुक्रबार बस र ट्रक एक आपसमा ठक्कर खाँदा यात्रुवाहक बस त्रिसुलीमा खसेर भएको दुर्घटनामा मृतकको संख्या आठ पुगेको छ। मृतकमध्ये सातजनाको सनाखत भएको छ। अन्य १७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा दुर्इ महिला, पाँच पुरुष र एक बालक रहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मृत्यु भएका मध्ये छजनाको सनाखत भएको छ भने दुर्इजनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा मृत्यु भएकाको शव अहिले भरतपुरस्थित भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।

मृतकहरूको विवरण

१. जिल्ला पाल्पा बेगनासकालिका गाउँपालिका बस्ने वर्ष ३२ को अर्जुन न्यौपाने

२. तनहुँ भानु नगरपालिका ५ बस्ने वर्ष २७ को सुमित श्रेष्ठ

३. तनहुँ भन्सार बस्ने अन्दाजी वर्ष ३७  की कमला श्रेष्ठ

४. काठमाडौं बस्ने वर्ष ३० को रबिन गुरुङ

५. तनहुँ केशवटार बस्ने वर्ष ४० को बाबुराम तिवारी

६. भारत बिहार बेतिया बस्ने फिरोज मिया

७. हाल नाम थर वतन नखुलेको अन्दाजी वर्ष २/३ को बालक

८. हाल नाम थर वतन नखुलेको अन्दाजी वर्ष १८/१९ की महिला

उक्त घटनामा घाइते भएकाको पुरानो मेडिकल कलेज भरतपुरमा छ जना, मनकामना अस्पताल भरतपुरतमा चारजना, पोखरास्थित मणिपाल अस्पतालमा पाँचजना, एकजना धादिङस्थित स्थानीय अस्पतालमा एकजना र काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार हुँदैछ।

अस्पतालबाट प्राप्तर जानकारी अनुसार घाइतेहरूको हालसम्मको अवस्था

धादिङको गजुरीस्थित स्थानीय अस्पतालमा

१.    जिल्ला धादिङ गजुरी बस्ने वर्ष २२ को सन्तोष सुवेदी - मध्यम 

पुरानो मेडिकल कलेज भरतपुरमा

१. बस चालक  जिल्ला स्याङजा पुतली बजार नगरपालिका १ बस्ने वर्ष ५१ को उदयराज लामिछाने - मध्यम

२. जिल्ला चितवन कालिका नगरपालिका शक्तिखोर बस्ने वर्ष ९ को क्रिस गुरुङ  - मध्यम

३. जिल्ला कास्की पोखरा बस्ने वर्ष ४५ को भक्तबहादुर बस्नेत - गम्भीर

४. जिल्ला नुवाकोट बिदुर नगरपालिका ५ बस्ने वर्ष १८ को सौजन गजुरेल - मध्यम

५. जिल्ला कास्की पोखरा बस्ने वर्ष २५ को मेघ बहादुर पुन - मध्यम

६. जिल्ला तनहु डुम्रे भन्सार बस्ने वर्ष ५१ को बिष्णु कु.श्रेष्ठ - मध्यम

मनकामना अस्पताल भरतपुरतमा

१ जिल्ला धादिङ निलकण्ठ नगरपालिका ६ बस्ने वर्ष २१ की रमिता राना - गम्भीर

२. जिल्ला स्याङजा वालिङ नगरपालिका ९ बस्ने वर्ष ४० को प्रमोद पंगेनी - गम्भीर

३. जिल्ला पर्वत कुश्मा नगरपालिका १४ बस्ने वर्ष ४० को बासुदेव पौडेल - गम्भीर

४. जिल्ला तनहुं छिम्केश्वसरी गाउँपालिका ५ बस्ने वर्ष ५५ की प्रतिमाया गुरुङ - गम्भीर

मणिपाल अस्पताल पोखरामा

१. जिल्ला स्याङजा वालिङ नगरपालिका ९ बस्ने वर्ष ४० को एनएल गर्चन

२. जिल्ला स्याङजा वालिङ नगरपालिका १३ बस्ने वर्ष ३५ को रमेश थापा

३. जिल्ला स्याङजा वालिङ नगरपालिका १२ बस्ने वर्ष ३२ को निमेश न्यौपाने

४. जिल्ला स्याङजा वालिङ नगरपालिका ८ बस्ने वर्ष ३५ को दिल बहादुर थापा

५. जिल्ला स्याङजा पुतली बजार बस्ने वर्ष २५ को मिन प्रसाद तिवारी

वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौंमा

१.जिल्ला तनहुँ भानु नगरपालिका ६ बस्ने वर्ष ४५ को राम बहादुर खडका

काठमाडौंबाट पोखरा आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। बिहान ११:५० बजे भएको उक्त दुर्घटनापछि ट्रक सडक मै रहेको छ। ट्रक चालक भने जोगीमारा प्रहरीको नियन्त्रणमा छन्। घटनास्थल मुग्लिनबाट अन्दाजी १५ किलोमिटर काठमाडौंतर्फ पर्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.