|

काठमाडौं : प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सिफारिस गर्ने कि थप अनुसन्धान गर्ने भन्नेबारे आइतबार ८ बजे संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ। 

बिहीबार भएको सुनुवाइमा सांसदहरूले सोधेका प्रश्नहरूको विश्वस्त  जवाफ नदिएको र शैक्षिक प्रमाणपत्र विवाद बाहिर आएकाले अब के गर्ने भन्ने निर्णय लिइने समितिका एक सदस्यले जानकारी दिए। 

समितिको निर्णय दुई तिहाई बहुमतले पारित गर्नुपर्छ। १५ सदस्यीय समितिमा दुई तिहाई पुर्‍याउन १० जना सदस्यको सहमति आवश्यक पर्छ। विगतमा सुनुवाइ सकिएलगत्तै समितिले निर्णय दिने प्रचलन थियो । यस पटक समितिले सुनुवाइ सकिएको तीन दिन भइसक्दा पनि जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गरेको छैन। 

संवैधानिक व्यवस्थाअनुसार समितिको दुई तिहाई मतले सिफारिस अस्वीकृत गर्न सक्छ। समितिमा १५ सदस्य छन्। जसमा सत्तारूढ दल नेकपाका नाै र सं३ीय समाजवादी फोरम नेपालका एक सदस्य छन्। जुन कुल सदस्यको दुई तिहाई मत हो। कांग्रेसका चार र राष्ट्रिय जनता पार्टी नेपालका एक सदस्य छन्। समितिको सभापति चयन भइनसकेका कारण ज्येष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता राजपाका सदस्य लक्ष्मणलाल कर्णले गर्दै अाएका छन्। उनले मत दिन पाउँदैनन्। सत्तारूढ दलभित्र मतक्यै नभए जोशीको सिफारिस अस्वीकृत हुन सक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.