|

काठमाडाैं : प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सिफारिस गर्ने कि थप अनुसन्धान गर्ने भन्नेबारे आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। 

सांसदहरुको कार्यव्यस्तता रहेको भन्दै सोमबार २ बजे बस्ने गरी बैठक स्थगित भएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताए। उनले भने, 'समितिमा अाएका उजुरीमाथि छलफल जारी छ, बैठक भाेलि पनि जारी रहने छ।'

बिहीबार भएको सुनुवाइमा सांसदहरूले सोधेका प्रश्नहरूको विस्वस्त  जवाफ नदिएको र शैक्षिक प्रमाणपत्र विवाद बाहिर आएकाले प्रधानन्यायाधीको नियुक्तिबारे के गर्ने भन्ने छलफलका लागि सुनुवाइ समितिको बैठक आइतबार बिहान बोलाइएको थियो। 

समितिको निर्णय दुई तिहाई बहुमतले पारित गर्नुपर्छ। १५ सदस्यीय समितिमा दुई तिहाइ पुर्‍याउन १० जना सदस्यको सहमति आवश्यक पर्छ। विगतमा सुनुवाइ सकिएलगत्तै समितिले निर्णय दिने प्रचलन थियो। यस पटक समितिले सुनुवाइ सकिएको तीन दिन भइसक्दा पनि जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय भन्ने भएको छैन।

संवैधानिक व्यवस्थाअनुसार समितिको दुई तिहाई मतले सिफारिस अस्वीकृत गर्न सक्छ। समितिमा १५ सदस्य छन्। जसमा सत्तारूढ दल नेकपाका नाै र संघीय समाजवादी फोरम नेपालका एक सदस्य छन्। जुन कुल सदस्यको दुई तिहाइ मत हो। नेपाली कांग्रेसका चार र राष्ट्रिय जनता पार्टीका एक सदस्य छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.