|

हेटौँडा : ब्लड क्यान्सर पीडित मकवानपुर जिल्ला क्रिक्रेट संघका कोषध्यक्ष निरज श्रेष्ठको उपचारको लागि संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीले ५० हजार सहयोग गरेका छन्।

मकवानपुर जिल्ला खेलकुद विकास समितिमा आइतबार आयोजित कार्यक्रममा सुमार्गीले बिरामी श्रेष्ठका बुवा दामोदर श्रेष्ठलाई रकम हस्तान्तरण गरेका हुन्। श्रेष्ठ हाल भारतको नयाँ दिल्लीमा उपचाररत रहेका छन् ।

सुमार्गीले रकम हष्तान्तरण गर्दै आफू सधैं मकवानपुरलाई क्रिक्रेटको क्षेत्रबाट चिनाउन लागि परेको भन्दै मकवानपुरबाट पूर्वराष्ट्रिय खेलसमेत खेलेका श्रेष्ठको जीवनरक्षाको लागि सहयोग गरेको बताए। मकवानपुरमा क्रिकेटलाई भित्र्याउन महत्त्वपूर्ण भूमिका खलेका उनले माधवराज सुमार्गी स्मृति कप पुनः सञ्चालन गरिने बताए।

कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, कार्यालय प्रमुख राजन दाहाल खुशराज, मकवानपुर जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष करण महोत्रा क्षेत्री लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.