|

रामेछाप : रामेछापको सदरमुकाम मन्थली नगरपालिका–१ स्थित तामाकोसीको किनारमा नदी खोल्ने बहानामा अवैध रुपमा ढुंगा तथा बालुवा निकाल्ने काम भइरहेको छ।

मन्थली बालुवा प्रशोधन केन्द्र मन्थलीले नदी थुनिएर आउन सक्न विपत कम गर्न भन्दै तामाकोसी किनारको ढुंगा, गिट्टी र बालुवा निकालेको होे। असार, साउन र भदौ गरी तीन महिना नदी किनारमा ढुंगा, गिट्टी र बालुवालगायका नदीजन्य वस्तु निकाल्न नपाइने भए पनि स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने काम भइरहेको छ।

रणजोर खोला र तामाकोसी नदी मिसिएको ठाउँमा कोसी थुनिएको भन्दै नदी खोल्ने बहानामा निजी क्रसर उद्योगले नदीजन्य वस्तु प्रयोग गर्ने गरी ढुंगा बालुवा र गिट्टी निकाल्न नगरपालिकाले अनुमति दिएको हो।

तामाकोसी नदी किनारमा स्थापना हुन लागेको मन्थली बालुवा प्रशोधन केन्द्र मन्थलीले उद्योगको नाममा भाडामा लिएको जमिनमा तामाकोसीबाट निकालिएको नदीजन्य वस्तु थुपार्दै आएको छ। यसरी अवैध रुपमा भइरहेको नदीजन्य वस्तुको दोहनलाई नगरपालिकाले तत्काल रोक्नु पर्ने नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले माग गरे।

वर्षायाममा नदीजन्य वस्तु निकाल्ने काम तत्काल बन्द गर्नुपर्ने रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले बताए। नदी किनारको ढुंगा, गिट्टी र बालुवा निकाले हिउँद याममा मात्र निकाल्न पाइने प्रावधान रहेको उनको भनाइ छ। नगरपालिका र क्रसर व्यवसायीहरुको मिलोमतोमा अवैध रुपमा नदीजन्य वस्तुको दोहन भएको खड्काको दावी छ। ‘स्काभेटर लगाएर नदी किनारको ढुंगा, गिट्टी र बालुवा निकाल्ने र दैनिक दुई वटा टिपर लगाएर क्रसर निर्माण गर्न लागिएको स्थानमा ओसार्ने काम भइरेको छ,’ उनले भने, यो काम तत्काल बन्द गर्नुपर्छ।’  

मन्थली बालुवा प्रशोधन केन्द्रका सञ्चालक ओमबाबुु पुरीले भने नगरपालिकाले आपूmहरुलाई दिएको मौखिक अनुमतिका आधारमा ढुंगा, गिट्टी र बालुवा निकालेको बताउँछन्। 

मन्थलीस्थित हाटेचौर र ओढारे क्षेत्रका बासिन्दाले तामाकोसी नदीमा मिसिने स्थान रणजोर खोलाको दोभानमा नदी खोली दिन मन्थली नगरपालिकालाई आग्रह गरेको र नगरपालिकाले नदी खोल्न भनी निर्धारण गरेको क्षेत्रमा आपूmले ढुंगा र बालुवा निकाल्ने काम गरिरहेको उनको दावी छ।

नगर प्रमुख रमेशकुमार बस्नेतले रणजोर खोलामा आएको बगरले तामाकोसी नदी थुनेर विपत निम्त्याउन सक्ने अवस्था भएकाले विपत कम गर्न नदी खोल्नका लागि मात्र अनुमति दिएको बताउँछन्। व्यवसायका लागि भनइ नदीलाई निकास दिने उद्देश्यले मात्र नदी किनारको बालुवा निकालिएको जिल्ला समन्वय समिति रामेछाप प्रमुख प्रेमबहादुर खड्काको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.