|

काठमाडौं : फोटो पत्रकार क्लब (पिजे क्लब)द्वारा आयोजित आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता, २०७५ मा छानिएका उत्कृष्ट तस्बीरहरूको प्रदर्शनी काठमाडौंको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। 

नेपाल फोटो प्रतियोगिता, २०७५ मा समावेश सात विधाअन्तर्गत ‘आइएमएस डेली लाइफ’मा एक हजार १५३, 'कल्चर तथा टुरिजम’मा एक हजार ५७, ‘नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ’मा एक हजार १८, ‘अर्घाखाँची सिमेन्ट न्यूज फोटो’मा ४१६, ‘डिसहोम एक्सन स्पोर्ट्स’मा ३६२, ‘शिखर इन्स्योरेन्स नेपाल स्माइल’मा एक हजार १० र ‘नेप्टोस फोटो स्टोरी’मा ५२ वटा फोटो कथाका ५२० फोटोले प्रतिस्पर्धा गरेका थिए। प्रदर्शनीमा उक्त सात विधाका उकृष्ट १६० फोटोहरू राखिएका छन्। 

आजबाट सुरु भएको प्रदर्शनी साउन २१ गते सोमबारसम्म जम्मा छ दिन चल्नेछ। 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.