|

हुम्ला : सकेगार्ढ गाउँपालिका–७ रोडीकोटी हाँसेवीकी ४२ वर्षीया तारा बिकको आर्थिक अवस्थाका कारण उपचार नपाउँदा मृत्यु भएको छ। 

मृतका आफन्त ज्ञानसिंह बिकका अनुसार तारको शुक्रबार बिहान ४ बजे घरमै मृत्यु भएको हो। सुत्केरी भएको १५ दिन भएको ताराको शरीर सुनिने, खाना नरुच्ने समस्या देखिएको थियो। शुक्रबार उनको मुखबाट एक्कासी रगत बगेर मृत्यु भएको ज्ञानसिंहले बताए।

मृतक ताराको शिशु जीवितै रहे पनि खानाका लागि दूध नपाउँदा स्वास्थ्यमा समस्या भएको स्थानीय ज्ञानबहादुर रोकायाले बताए। शिशुलाई बचाउन सुत्केरी भएकी महिलाहरुको घरघरमा लगे पनि दूध नपाउँदा बचाउन समस्या बताइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.