|

बारा :  बाराको विश्रामपुर गाउँपालिकाले तय गरेको ऐन सार्वजनिक तथा 'प्रचण्ड पार्क' शिलन्यास गर्न पुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई १०१ किलोको सयपत्री मालाले सम्मान गरिएको छ। आइतबार गाउँपालिकाको १४ वटा ऐन सार्वजनिक कार्यक्रममा पुगेका प्रचण्डलाई गाउँपालिकाका अध्यक्ष अमिरलाल पाल लगायत गाउँ कार्यपालिका सदस्यले सम्मान गरेका हुन्।

सिम्रिक एयरको हेलिकाेप्टर चढेर बारा पुगेका प्रचण्डले प्रचण्ड पार्कको समेत शिलन्यास गरे। कार्यक्रममा प्रचण्डले विश्रामपुर गाउँपालिका अध्यक्ष र गाउँबासीसँग विशेष मित्रता गाँसिएको भन्दै गाउँपालिकाको विकासका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाए।  

अध्यक्ष प्रचण्डले मधेसका जनताले भोग्नु परेको असुविधाबाट मुक्त गर्न सरकारको मुख्य ध्यान भएको बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोर सिंहले आन्दोलनको नेतृत्व गरेका प्रचण्डले विकासको चाहनालाई पूरा गर्ने विश्वास व्यक्त गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.