|

इंग्लिस क्लब  चेल्सीले गोलरक्षक कीपा अरिजाबालागालाई अहिलेसम्मकै सर्वाधिक मुल्य तिर्दै क्लबमा अनुबन्धन गरेको छ। एथलेटिको विलबाओका ब्राजिलियन गोलरक्षक कीपालाई चेल्सीले कीर्तिमानी ७२ मिलियन पाउन्ड तिरेको हो। यसअघि सर्वाधिक मुल्य पाउँने गोलरक्षकका रुपमा एलिसनलाई लिभरपुलले केहि महिना अघि भित्राउँदा ६६.८ मिलियन पाउन्ड तिरेको थियो।

२३ वर्षिय कीपा एथलेटिको बिलबाओबाट व्यबसायिक फुटबल खेल्दै आएका छन्। उनले चेल्सीमा ७ वर्षको सम्झौता गरेका हुन्। उनले चेल्सीका विश्व नम्बर एक गोलरक्षकका रुपमा परिचित थिबाउट कोर्टियसलाई विस्थापित गर्ने छन्। 

उनले स्टामफोर्ड ब्रिजको यात्राले निकै उत्साही भएको बताए । उनले भने ‘यो मेरो एकदमै महत्वपुर्ण निर्णय हो, मेरो करिअर र व्यक्तिगत जिवनमा समेत यो निर्णयले फरक पार्ने छ।’उनले चेल्सीले आफु प्रति गरेको ठुलो विश्वासका लागि धन्यवाद समेत दिएका थिए। 

कोर्टियस रियलमा 

विश्वकपमा गोल्डेन ग्लोब्स विजेता बेल्जिीयमका चेल्सी स्टार  थिबाउट कोर्टियस रियल म्याड्रिड जाने पक्का भएको छ। इन्ग्लिश क्लब चेल्सीबाट कोर्टियसलाई ३५ मिलियन पाउण्डमा रियलले क्लबमा अनुबन्धन गरेको हो।

रियलले सामाजिक संजाल ट्वीटरबाट कोर्टियस अनुबन्धनको औपचारीक जानकारी दिएको हो । रियलले कोर्टियससंग ६ बर्षे सम्झौता गर्ने बताईएको छ । रियलले कोर्टियससँग औपचारीक सम्झौता भने विहिबार गर्ने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.