|

काठमाडौं : साहित्यकार एवं रेडियोकर्मी स्व‍. दाहाल यज्ञनिधिको पार्थिव शरीर शनिबार बिहान ११ बजेसम्म निवास मण्डिखाटारमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ।

श्रद्धाञ्जलीपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल लगेर राखिने बताइएको छ। अाफन्तहरू अमेरिकामा रहेका र अाइपुग्न समय लाग्ने भएकाले उनको पार्थिव शरीर केही दिन शिक्षण अस्पतालमा सुरक्षित राख्न लागिएको हो। 

अमेरिकामा रहेका उनका भतिजा अाइपुगेपछि मंगलबार अन्त्येष्टि गरिने अग्रज पत्रकार धतृप्रसाद सुवेदीले जानकारी दिए। दाहाल यज्ञनिधिका सन्तान छैनन्।

ललितपुरकाे धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ उनको निधन भएको थियो।

 

याे पनि हेर्नुहाेस्,

 साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधि रहेनन्
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.