|

काठमाडौं : जय शम्भु भदौ १ गतेबाट प्रदर्शनमा आउँदैछ। रिलिज मिति नजिकिँदै गर्दा फिल्म निर्माण युनिटले आफ्नो प्रचार-प्रसारलाई तीव्र पारिरहेको छ। यति बेला फिल्मको लागि प्रचार-प्रसार टोली मोफसलमा पुगेको छ। फिल्मले आफ्नो प्रचार केही फरक तरिकाले गरिरहेको छ।

युनिटले शुक्रबार बेलुका पोखराको सबै रात्रिकालीन होटलहरूमा आफ्ना शुभचिन्तक तथा दर्शकसामू फिल्मबारे जानकारी गराएकाे छ। युनिटले शनिबार बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रममा प्रचार टोलीले फिल्मका बारेमा जानकारी दिएको थियाे।

फिल्मको प्रचार टोलीमा कलाकारहरू प्रशान्त ताम्राकार, अनुपविक्रम शाही पनि समावेश छन्। नायिका बर्षा शिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुन नसकेपछि त्यहाँ पुग्न सकिनन्।

फिल्म युनिटले पोखराको आधा दर्जनभन्दा बढी होटलमा पुगेर फिल्मका बारेमा जानकारी गराएका थिए। लन्जकाे माैका छाेपेर अनुप र प्रशान्तसँग उनका फ्यानहरूले घेरेर सेल्फी समेत खिच्न भ्याए।

पोखरामा कार्यक्रम सकाएको टिम बुटवल प्रस्थान भएकाे छ। बुटवलमा नायिका बर्षा शिवाकोटी पनि उपस्थित हुने छिन्। शनिबार बेलुका बुटवलका विभिन्न होटलमा डिनरकाे प्राेग्राम गरी फिल्मको बारेमा जानकारी गराउने छन्।

त्यसै गरी फिल्म युनिट आइतबार बिहान बुटवलमा आयोजना गरिने पत्रकार भेटघाट कार्यक्रम सकाएर त्यहाँबाट चितवन र हेटौंडातर्फ लाग्ने युनिटले जानकारी गराएकाे छ। चितवन र  हेटौंडाको कार्यक्रम सकाएर फिल्म युनिट २८ गते सोमबार काठमाडौं फर्कने तय गरेकाे छ।

एक्सन लभ स्टोरी फिल्म जय शम्भुमा अनुप, प्रशान्त र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मि भट्ट, वसन्त भट्ट, राजकुमार थापा, कालु रानाको पनि भूमिका रहेको छ। रूपेश तमाङले निर्देशन गरेको फिल्ममा दिनेश शाही प्रस्तुतकर्ता रहेका छन् भने अरवीन्द्रमान शाक्य निर्माता हुन्।

चक्र पाख्रिन कार्यकारी निर्माता रहेको फिल्ममा कुशल शर्मा र शिक्षा काफ्लेको पनि लगानी रहेको छ। हरि घले खिचेको फिल्मलाई बनीश शाहले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.