|

पाल्पा : रिभर भ्याली सेकेण्डरी बोर्डिङ स्कुलको बस मंगलबार बिहान बगनासकाली १ पिप्लेमा दुर्घटना हुँदा २८ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थी लिएर विद्यालय दमकडातिर आउँदै गरेको लु१ख १५५८ नम्बरको बस पिप्लेको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो। बसमा २६ विद्यार्थी र गाडी चालक र सहयोगी गरी २८ जना थिए। 
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेका अनुसार सबै विद्यार्थी खतरामुक्त रहेका छन्। घाइतेहरु सबैको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.