|

काठमाडौं : संवैधानिक अंगका पदाधिकारीमाथि महाअभियोग लगाउन सिफारिस समिति गठन भएको छ। बुधबार संसद बैठकमा सभामुख ओनसरी घर्तीले पेश गरेको महाअभियोग सिफारिस समिति गठनको प्रस्ताव सर्वसम्मतीबाट स्वीकृत भएको हो। समितिमा ११ जना सदस्य छन्।

समितिमा कांग्रेसका फर्मुल्ला मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की, कुमारी लक्ष्मी राई, दीपकप्रसाद कुइँकेल सदस्य छ्न। यस्तै एमालेबाट पार्वत गुरुङ, केशव बडाल,  रेवतीरमण भण्डारी र सुशीला नेपाल* सदस्य छन्। माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण बिडारी सदस्य छन् भने राप्रपा नेपालबाट दीलनाथ गिरी सदस्य छन्।  

संविधानको धारा १०१ को उपधारा ३ मा संवैधानिक अंगका पदाधिकारी माथि महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति रहने व्यवस्था गरिएको छ। समिति ११ सदस्यीय हुने व्यवस्था छ।

व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली २०७३ ले महाअभियोग समितिको कार्याविधि निर्धारण गरिसकेको छ। संसदको कार्यसञ्चालन नियमावलीको नियम १६९ ले महाअभियोग समितिको प्रबन्ध गरेको हो।

*सुरुको समाचारमा नेपालको नाम छुटेकोले थपिएको। अपडेटः २०७३ कात्तिक १०। १२:४३)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.