|

धनगढी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरपालिकाका नगर इन्चार्ज छविलाल ओली धर्तीलाई प्रहरीले पक्राउ गरेको छ। बजार बन्द गराउँदै हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सुखडको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए। ‘पक्राउ परेका ओलीमाथि सार्वजनिक अपराधअन्तर्गत मुद्धा चल्छ’ प्रहरी उपरीक्षक घिमिरेले भने।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ गरेको विरोधमा आह्वान गरेको बन्दले कैलालीलगायत प्रदेश नम्बर सातमा आंशिक प्रभाव परेको छ। छोटो दूरीका सवारीसाधन चलेपनि लामो दूरीका सवारीसाधन भने ठप्प छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.