|

काठमाडौ नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा छोराछोरीलाई नागरिकता दिँदा बुबालाई अनिवार्य र आमालाई स्वेच्छिक बनाइएकामा सांसदले विरोध जनाएका छन्। सरकारले संसदमा पेश गरेको विधेयक महिलामैत्री नभएको भन्दै उनीहरूले आपत्ति जनाएको समाचार कान्तिपुर दैनिकले छापेको छ।

संसदको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्तावको छलफलमा सांसद्हरूले विभेदपूर्ण व्यवस्था हटाएर संविधानको मर्मअनुरूप बनाउन माग गरे।

‘छोराछोरी नागरिकतामा आमालाई स्वेच्छिक बनाएर बाबुलाई अनिवार्य किन बनाइयो’,कांग्रेसकी सांसद डिला संग्रौलाले भनिन्, ‘विभेद गर्न पाइँदैन। संविधानमा समेत वंशीय आधारमा समान अधिकार हुन्छ भनिएको छ।’

सांसद शान्ति तामाङले नेपाली नागरिकले राज्यविहीन हुनुनपर्नेगरी कानुन बनाउन माग गरिन्। भनिन्, आमा धर्ती, मायाको खानी भन्छौँ, आमाले हुर्काको पुरुष पहिलो दर्जाको हुने, महिला दोस्रो दर्जाको कसरी हुन सक्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.