|

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका–४ को कालीखोला र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–३ को कारागाउबीचमा रहेको भेरी नदीमा झोलुंगे पुल निर्माण भएपछि यस क्षेत्रका वासिन्दा हर्षित भएका छन्।

पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ। पुल निर्माणअघि भेरी नदीपारि रहेको विद्यालय जान जोखिम मोल्नुपरेको वनगाड कुपिण्डे नगरपालिका–३ का स्थानीय स्थानीय वीरेन्द्र बस्नेतले बताए। उनले भने, ‘माध्यमिक विद्यालय जान भेरीनदी पारि सिम्ता गाँउपालिकाको आग्रीगाउँको स्कुलमा जोखिम मोल्नुपथ्र्यो।’

सल्यानको नजिकको बजार भनेको भेरीनदी पारि रहेको सल्लीबजार जान दुई घण्टा लाग्ने गर्दथ्यो। तर, पुल बनेसँगै केही मिनेटमै बजार पुगिने स्थानीयको भनाइ छ।

१९४ मिटर लम्बाइ भएको उक्त पुल एक करोड पाँच लाख लागतमा निर्माण सम्पन्न गरिएको हो। पुल निर्माण भएपछि काठको डुंगा विस्थापित भएको छ। पुल नहुँदा स्थानीयवासी जोखिम मोलेर डुंगाबाट भेरीनदी तर्दै आएको थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.