|

काठमाडौं : राष्ट्रियसभा अन्तर्गतका संसदीय समिति सभापतिहरूको निर्वाचन मितिमा हेरफेर  गरिएको छ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भदौ ३ गतेका लागि तय गरिएको निर्वाचन मितिमा हेरफेर गरिएको जानकारी गराएका हुन्।

अब भदौ १३ गते राष्ट्रियसभा अन्तर्गतका संसदीय समिति सभापतिहरूको निर्वाचन हुने भएको छ। उक्त निर्वाचन ११ बजेका लागि तय गरिएको छ। विशेष कारणवश निर्वाचन मिति सार्नुपरेको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए। उनले राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई परिवर्तित मिति अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन्।

राष्ट्रियसभा अन्तर्गत चारवटा संसदीय समिति रहेका छन्। जसमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.