साढे ६२ अर्बको राजश्‍व उठ्यो

|

काठमाडौं : सरकारले चालु अार्थिक वर्षकाे  पहिलाे महिनामा २५ अर्ब २५ करोड रुपैयाँ खर्च गरेकाे छ। याे रकम मध्ये १९ अर्ब ३२ करोड रूपैयाँ तल्लाे तहमा पठाएकाे अर्थमन्त्रालयले जनएकाे छ।

तल्लो तहमा गएको प्रदेश अनुदानअन्तर्गत सशर्त र समानीकरण गरी सात अर्ब ५७ करोड रुपैयाँ र ११ अर्ब ७६ करोड रुपैयाँ स्थानीय अनुदानअन्तर्गत पठाएको छ। तल्लो तहमा गएको रकम सहित चालु खर्च २४ अर्ब ६६ करोड रुपैयाँ र पुँजीगत खर्च एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ।

अर्थमन्त्री युवराज खतिवडाले २६ अर्ब रुपैयाँ खर्च भएको र त्यसको १६ अर्ब रुपैयाँ तल्लो तहमा पठाइएको बताए पनि मन्त्रालयले निकालेको तथ्यांक अनुसार २५ अर्ब २५ करोडको खर्च र १९ अर्ब ३२ करोड तल्लो तहमा पठाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले २६ अर्ब रुपैयाँ खर्च भएको र त्यसको १६ अर्ब रुपैयाँ तल्लो तहमा पठाइएको बताए पनि मन्त्रालयले निकालेको तथ्यांक अनुसार २५ अर्ब २५ करोडको खर्च र १९ अर्ब ३२ करोड तल्लो तहमा पठाएको छ।

अर्थमन्त्री  डा. युवराज खतिवडाले पहिलो महिना वित्तीय  संघीयताकाे संक्रमणकाल भएकाे कारण तथ्यांकमा ठूलाे उपलब्धी नभए पनि ताेकेअनुसारकाे काम भएकाे बताए। खतिवडाले पहिलो महिना चारवटा कानुन संसदमा पेश गरेको, पाँचवटा कानुनको मस्यौदा तयार गरेको सहुलियतपूर्ण ऋण तथा व्याज अनुदानको लागि एकीकृत मस्यौदा लगायतका काम साउन महिनाको उपलब्धी भएको बताए। 

त्यस्तै अर्थ सरकारले पहिलाे महिना साढे ६३ अर्ब राजश्व उठाएकाे जनाएकाे छ। खासगरी व्याजकर, अायकर तथा भ्याटमा अाएकाे सुधारकाे कारण गत वर्षकाे साेही अवधिकाे तुलनामा ३७ प्रतिशत बढी राजश्व उठाएकाे जनाएकाे छ। सरकारले पहिलाे महिना लक्ष्य अनुसारकाे कर उठाउन भने सकेकाे छैन।

राजश्व सचिव शिशिरकुमार ढुंगानाका अनुसार ६३ अर्ब ६४ कराेड राजश्व उठाउने लक्ष्य निर्धारण गरेकाेमा ६२ अर्ब ६३ कराेड रुपैयाँ उठाउने लक्ष्य निर्धारण गरेकाेमा ६२ अर्ब ६३ कराेड  रुपैयाँ उठाउन सकेकाे हाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.