|

जनकपुरधाम : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीको धैरै उतार–चढाव, घुम्ति, मोड पार गरेर एउटा नयाँ नेपाल कम्युनिस्ट पार्टीको रूपमा एकीकृत भएको बताएका छन्। यो दुईवटा पार्टीको एकता मात्र होइन, २०१९ सालबाट विभाजनको श्रृंखलामा गएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा नयाँ महान अभियानको अभिव्यक्ति एकता भएको बताएका हुन्।

धनुषाको बरमझियामा आयोजित शहिद रामवृक्ष यादवको स्मृतिसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यो एकताले देशैभर जनतामा जुन उत्साह र विश्वास पैदा गर्‍यो त्यसैको परिणामले हामी अहिले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्ने ठाउँमा पुगेको छ। र त्यसको नेतृत्व कमरेड केपी ओलीले गरिरहनु भएको छ।’ प्रचण्डले अगाडि थपे, ‘यो एउटा ऐतिहासिक र असाधारण परिघटना हो, र यस्तो घटना नेतृत्वको साहस र विवेकविना सम्भव हुने घटना होइन। २०१९ सालमा पार्टी विभाजन भएदेखि नै एकताका स्वरूपहरू फुटन थालेका नै हुन् प्रयास पनि नभएको होइन, तर अहिले जुन एकता कायम भएको छ, त्यसले सिंगै देशमा र दुनियामा पनि जुन सन्देश दिएको छ, त्यो गुणात्मक ढंगले अरूभन्दा फरक र सामान्य पनि छैन यो असमान्य र असाधारण छ।’

अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा भने, ‘संसार भरिले अहिले नेपालतिर फर्किएर हेरिरहेको छ, नेपालमा एकतावद्ध भएको दुई ठूला पार्टी कसरी देशको भविष्य अगाडी बढाउने विषयमा संसारभरिका कम्युनिस्टहरू, प्रगति, शान्ति र समृद्धि चाहने मानिसहरूले सकारात्मक ढंगले हेरेको स्थिति छ।’

प्रचण्डले दुई कम्युनिस्टको एकताले संसार भरिका कम्युनिस्टहरू ध्यान केन्द्रित भएको भन्दै एकता प्रक्रियाबाट सामान्तितत्व र दलालहरू अतालिएको र उनीहरूको निन्द र भोकचयन सबै हराएको बताए। रातदिन पार्टी एकतालाई कमजोर बनाउन र सरकारलाई काम गर्न नदिने षड्यन्त्र तथा विगरिरहेको उनको आरोप छ। उनले प्रतिक्रियावादीहरूले जतिसुक्कै षडयन्त्र गरेपनि लाखौँ जनताको बलमा आएका यो शक्तिलाई सम्पूर्ण शक्तिलाई परारस्त गर्न तयार रहेको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.