|

काठमाडौं :  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मन्त्री यादवले संसदीय समितिलाई काममा रोकतोक लगाउनुको सट्टा नियमनमा  चासो राख्न  सुझाव दिएका छन्। 'नयाँ ग्यास कम्पनी खोल्नमा रोक लगाएका कारण कतिपय स्थानमा ठुलो समस्या देखिएको छ,  विषय र स्थान विशेषका आधारमा काममा रोक लगाउनुको सट्टा नियमन गर्न केन्द्रित हुनुपर्छ' मन्त्री यादवले भने। 

उनले काम गर्न छोडेर राजनीति गर्ने कर्मचारीलाई नछाड्ने चेतावनी दिए।  प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतबार बसेको बैठकमा उपस्थिति भएका मन्त्री यादवले आयल निगमका कर्मचारीहरू, कर्मचारी कम र नेता बढी भएको भन्दै त्यस्ता कर्मचारीको व्यवहारलाई मन्त्रालयले नसहने बताए। 

कर्मचारी नेता बन्दा काम गर्न अप्ठ्यारो भएको भन्दै उनले त्यस्ता कर्मचारीको क्रियाकलापप्रति चासो राख्न समितिको ध्यानाकर्षण गराए। उनले कर्मचारीको व्यवहार नसच्चिए त्यस्ता कर्मचारीको विकल्प सोच्न मन्त्रालय बाध्य हुने उल्लेख गरे।

उनले निगममा महाप्रबन्धक नियुक्त गर्नका लागि परीक्षा भईसकेको भएपनि राष्ट्रिय आपूर्ति कम्पनी गठन भएकाले तत्काल नियुक्त गर्ने नगर्ने भन्नेमा दुबिधा भएको बताए।

आयल निगमका प्रमुख शुशिल कुमार भट्टराईले सामान्य अवरोधले इन्धन आपूर्तिमा असर नपर्ने नरि भण्डारण क्षमता विस्तारको तयारी भईरहेको बताए।   इन्धन खपतका दृष्टिले प्रदेश नम्बर ३ मा भण्डारण क्षमता बढी बनाउनुपर्ने देखिएकाले ललितपुर, त्रिसुली र चितवनमा भण्डारणगृह गर्ने गरि तयारी भईरहेको उनले स्पष्ट पारे। 

समितिले इन्धन आपुर्ति, इन्धनमा लाग्ने कर, मुल्यवृद्धि तथा संघीय संरचना अनुसार प्रदेशगत इन्धन भण्डारणका लागि भईरहेको कामबारे जानकारी लिन सम्बन्धीत मन्त्री र आयाल निगमका प्रमुखलाई बैठकमा बोलाएको हो। बैठकमा समिति सदस्यहरूले पेट्रोलियम पदार्थ आपूर्ति, खाना पकाउने ग्यास, तथा आवश्यक भण्डारण क्षमताको विस्तारमा निगमबाट भईरहेका प्रयास बारे जिज्ञासा राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.