|

काठमाडौंः प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मलेसियामा  आयोजना हुने एसीसी कप छनौंट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई विदाई गरेका छन्।

सभामुख महराले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा  बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर विदाई गरे। त्यस अवसरमा सभामुख महराले प्रतियोगितामा सफल हुन पनि नेपाली खेलाडीहरुलाई अग्रिम शुभकामना दिए।

यता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसीसी कप छनौट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरे। उनले क्रिकेट खेललाई अझैं सुविधा सम्पन्न बनाउन सरकारसँग पहल गरिदिन पनि सभामुख महराको ध्यानाकर्षण गराए।

टोली मलेसिया प्रस्थान गर्नु अघि अभ्यास खेलका लागि सोमबार अपरान्ह श्रीलंका प्रस्थान गर्दैछ । नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन्।

त्यसैगरी सागर पुन, संदिप लामिछाने, सोमपाल कामी र सुभाष खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन्। श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा भदौं १२ गतेदेखि एसीसी छनौट कप प्रतियोगिता हुँदैछ।

प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र यूएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शिर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष यूएईमा हुने एशीया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.