|

काठमाडौं : राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रमा कार्यरत वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको दैनिकी १२-१३ घन्टासम्मको समय बिरामीसँगै बित्ने गर्छ। राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रका कार्याकारी निर्देशकसमेत रहेका डा. काफ्ले धेरैजसो समय अस्पतालको प्रशासनिक काममा व्यस्त रहन्छन्। कहिलेकाहीँ इमर्जेन्सी बिरामी हेर्न आउनुपर्ने हुँदा अस्पतालमा रहने समयभन्दा बाहिरको समयमा पनि अन कल बस्नुपर्ने हुन्छ। यस्तो बेलामा जुनसुकै समयमा अस्पतालमा जानुपर्ने अवस्था हुन्छ।

यस्तो व्यस्तताबीच जीवन चलाइरहेका उनले आफ्नो स्वास्थ्यलाई कसरी ख्याल गर्छन्? थाहाखबरकर्मी सविना खनालसँग डा‍. ऋषिकुमार काफ्लेले फिटनेस फर्मुलाबारे यसरी बताए।

उठ्नेवित्तिकै हट लेमन

हरेक दिन बिहान साढे ५ बजेसम्ममा उठिसकेको हुन्छु। उठ्नेवित्तिकै रेडियो नेपालबाट आउने एलपी भानु शर्मा र रमेश नेपालको प्रवचन सुन्छु। यही प्रवचनसँगै कागती र मह मिसाएर एक गिलास हट लेमन खान्छु। यसपछि भने म प्रणायाम गर्छु। त्यसमा १० देखि १५ मिनेट नमस्कार प्रणायाम गर्छु भने ११ पटक सूर्य नमस्कार गर्छु। आधा घन्टाजति अर्को प्रणायाम गर्छु। यसमा मेरो एक घन्टा बितिसकेको हुन्छ।

दैनिक पूजापाठ

बिहानको अन्य नित्य कर्म सकेपछि म हरेक दिन आधा घन्टा पूजापाठका लागि घरमै रहेको पूजाकोठामा पस्छु । प्राय: शनिबार पशुपतिनाथको दर्शन गर्न सकेसम्म जान्छु। अन्य दिन भने घरमै पूजा गर्छु। सबै भगवानप्रति उति नै आस्था भए पनि म विशेष शिवजीको भक्त हुँ। यसरी आधा घन्टासम्म पूजा गरेपछि आफूलाई दिनभर आत्मसन्तुष्टि मिल्छ।

बिहानको खानामा मकैको च्याँख्लाको खाना, दही र तरकारी खान्छु। खाना खाएपछि फेरि बिरामी हर्न थाल्छु। कहिलेकाहीँ पार्टीमा जाँदाबाहेक म अन्य बेला खाना तथा लक्जरी खानेकुरा खाँदिन। बेलुकी ८ बजेसम्म बिरामी हेरिसकेपछि साढे ८ मा घर जान्छु।

हुनत म विज्ञानलाई विश्वास गर्ने क्षेत्रको कर्मलाई रोजेको भए पनि हामीभन्दा माथि हामीलाई नियन्त्रणमा राख्ने एउटा अलौकिक शक्ति छ भन्ने विश्वास लाग्छ, जसका कारण आज हामी यहाँ यसरी उभिइरहेका छौँ। त्यही अलौकिक शक्तिलाई  धन्यवाद दिन हरेक दिन पूजापाठ गर्छु। केही समय परिवारसँग घरायसी कुराकानी गरेर करिब साढे ८ बजे ब्रेकफास्ट खाएर घरबाट निस्कन्छु। मेरो ब्रेक फास्टमा धेरै सिजनअनुसारका फलफूल हुने गर्छन् भने कहिलेकाहीँ दही, चिउरा, ब्रेडमा चिज हालेर खान्छु। अत्यमा ब्ल्याक कफी खाएर घरबाट निस्कन्छु।

बिहानको खानामा मकैको च्याँख्ला, दही र तरकारी

बिहान साढे ८ मा घरबाट निस्कन्छु। हरेक हप्ता दुई दिन म बिहान वनस्थली जान्छु भने चार दिन सुमेरु अस्पताल जान्छु र बिरामी हेर्छु। वनस्थलीमा डायलाइसिस गर्ने बिरामी धेरै हुन्छन् भने सुमेरु अस्पतालमा भर्ना गरेका बिरामी पनि हुन्छन्। यसले गर्दा राउण्ड पनि लिनुपर्ने हुन्छ। म जहाँ भए पनि बिहानको खाना २ बजे खान्छु। 

मलाई २ बजे घरबाटै खाना बनाएको खाना मेरो ड्राइभरले लिएर आउँछन्। त्यही खाना खान्छु। बिहानको खानामा मकैको च्याँख्लाको खाना, दही र तरकारी खान्छु। खाना खाएपछि फेरि बिरामी हर्न थाल्छु। कहिलेकाहीँ पार्टीमा जाँदाबाहेक म अन्य बेला खाना तथा लक्जरी खानेकुरा खाँदिन। बेलुकी ८ बजेसम्म बिरामी हेरिसकेपछि साढे ८ मा घर जान्छु।

बेलुकीको खानामा सधैँ तरकारी-चिउरा

बेलुकी साढे ८ मा घर पुगेपछि पूजाकोठामा छिरेर एकछिन ध्यान, जप गर्नुका साथै फेरि पूजापाठ गर्छु। यति गरिसकेपछी ९ बजेतिर बेलुकीको खाना खाने बेला हुन्छ। बेलुका म सधैँ चिउरा र तरकारी खान्छु। माछा मासु खान छोडिसकेँ। खाना खाइसकेपछि परिवारसँग गफ गर्दै टिभी हेर्छु। एकछिन पढ्छु र ११ बजे सुत्छु। मैले आजसम्म खानेकुरा स्वस्थ नै खाने गरेजस्तो लाग्छ। तर पानी भने पर्याप्त खान सक्दिनँ। ओपिडीमा छ-सात घन्टा बस्नुपर्ने हुन्छ। उठेर पानी खान जाने कुरा हुँदैन। राउण्ड जाँदा पनि खान मिल्दैन। त्यसैले पानी भने भनेजति खान पाउदिन तर दिनमा दुई लिटर जति चाहिँ खाने प्रयास गर्छु। चुरोट जीवनमा आजसम्म खाएको छैन। ड्रिङ्क्स गर्न छोडिदिएँ। वर्षमा एक-दुई पटक स्वास्थ्य परीक्षण गर्छु। 

उपत्यकामा हुँदा अफिसकै कामले आफ्नो तथा परिवारका लागि दिने समय एकदम कम हुन्छ। विभिन्न शिविरहरूमा तथा अन्य कामको सिलसिलामा जाँदा घुम्ने गर्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.