|

दार्चुला : चीन तिब्बतको ताक्लाकोटमा नेपाल-चीनयाँ अधिकारी बीचको समन्वय बैठक सम्पन्न भएको छ। अाइतबार छ वर्षपछि भएको दुई देशका अधिकारीहरूको समन्वय बैठक तिब्बतको ताक्लाकोटमा सम्पन्न भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी शिवराज अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज अधिकारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मका गुल्मपति भीमबहादुर चन्द र तिंकर प्रहरी चौकीका इन्चार्ज धनबहादुर कठायतको टोली समन्वय बैठकका लागि शुक्रवार बेलुकी नै ताक्लाकोट पुगेको थियो।

सीमा समन्वय बैठकमा चिनीयाँ सीमा क्षेत्र तिब्बत ताक्लाकोटका सुरक्षा र प्रशासनका अधिकारीहरूको उपस्थिति रहेको थियो। टोलीसँग सम्पर्क हुन नसके पनि समन्वय बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए।

२०६८ सालपछि पहिलो पटक नेपाल-चीन बीच सीमा बैठक हुन भएको छ। २०६८ सालमा दार्चुलाका नेपाली प्रशासन अधिकारी र चीनको तीब्बत सीमा कार्यालयका अधिकारीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.