|

बाँके : कोहलपुरमा एक छ वर्षीया मुस्लिम बालिका बलात्कारमा परेकी छन्। कोहलपुर नगरपालिका-१ की ६ वर्षीया बालिका बलात्कृत भएकी हुन्।

भारत उत्तर प्रदेश दिनदीरायली घर भई हाल कोहलपुर नगरपालिका–४ मदनचोक बस्दै आएका १८ वर्षीय हरुन खानले मंगलबार दिउँसो करिव एक बजेको समयमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए। 

बालिकाकी आमाले कोहलपुर नगरपालिका-३ मा घुम्तीमा किराना पसल गर्दै आएकी छन्। किराना पसलमा रहेकी बालिकालाई घरमा पुर्‍याइ दिन्छु भन्दै खानले साइकलमा राखेर आफ्नो घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। ‘बालिकाको घरमा पुर्‍याउने बाचा गरेका खानले आफ्नै घरमा लगेर बलात्कार गरेको खुल्नमा आएको छ,’ डिएसपी सिंहले भने। 

बलात्कारमा परेकी बालिकाको याेनीबाट रगत बगेकोले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको छ। बालिकाको अवस्था सामान्य रहेको अस्पताललाई गर्दै कोहलपुर प्रहरीले जनाएको छ। बलात्कारका आरोपी खानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको डिएसपी सिंहले जानकारी दिए। उनले घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा कारवाही गरिने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.