|

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन्। 

कांग्रेसकाबाट जितेका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा बिहीबार साँझको रात्रीभोजमा उनले भने, 'तपाइँहरूले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ। त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस्।' 

महामन्त्री कोइरालाले जनताले प्रत्यक्ष अनुभव हुने काम गरे मात्र कांग्रेसप्रति जनताको विश्वास बढ्ने पनि बताए। कांग्रेसले मुलुकभर १९१ वटा नगरपालिका प्रमुख तथा उपप्रमुखमा जित हासिल गरेको थियो।

 सो अवसरमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत केन्द्रीय सदस्य, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारीको सहभागिता थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.