|

काठमाडौं  : नेकपा माओवादी केन्द्रले संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्तावबारे निर्णय लिने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

शनिबार दिउँसो बसेको माओवादीको हेडक्वार्टर आठकले महाभियोग प्रस्तवको विषयमा बिभिन्न पक्षसँग समन्वय छलफल गरी आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको प्रवक्ता पंफा भुसालले जानकारी दिइन्। 

‘व्यवस्थापिका–संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावमा बिभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा दल नेता कमरेड प्रचण्डलाई दिने निर्णय गरियो’ बैठकबारे उनले पत्रकारहरुसँग भनिन्।

यसअघि बिहीबार बसेको माओवादी हेडक्वार्टरकै बैठकले महाभियोगको प्रस्तावमा नेपाली कांग्रेस लगायतका दलहरुसँग छलफल गरेर सुझबुझपूर्ण कदम चाल्ने निर्णय गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.