भक्तपुर : गाइजात्राको आठौं दिन आइतबार भक्तपुरमा प्रदर्शन गरिएको घिन्ताङ घिसी नाच र साँस्कृतिक नाचप्रति युवाकाे अाकर्षण बढ्दाे छ। भक्तपुरमा आठ रात नौ दिनसम्म घिन्ताङ घिसी नाच र साँस्कृतिक नाच प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाइन्छ।
गाइजात्रामा घिन्ताङ घिसी, देवी, भैरव, लाखे, ख्याक, भालुंचा, नागाचा, लुसिचा, गाइचा, जंगली, कवां, खिचा, मयुर, बाँदर लगायतका नाचहरू नगरका विभिन्न ठाउँहरूमा प्रदर्शन गरिन्छ। साथ साथै विभिन्न स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिला समेत प्रदर्शन गरिन्छ।
गाइजात्राको समयमा भक्तपुर नगरका विभिन्न स्थानहरूबाट विभिन्न व्यांगात्मक घिन्ताङ घिसी लगायत साँस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिन्छ। भक्तपुरको गाइजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाइजात्रा भन्दा भिन्न र मौलिक पर्वको रुपमा लिइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।