|

काठमाडाैं : भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व आइतबार भगवान श्रीकृष्णको आराधना गरी मनाइएको छ। भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज देशभरका कृष्ण मन्दिरहरूमा पूजा आराधना गरेर कृष्ण जन्माअष्टमी पर्व मनाइन्छ। ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ।

२०७२ सालको भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन्। भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्ने बाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न पाएका थिएनन्।

भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ। भगवान कृष्णले आफ्नै मामा कंशको बध गरेर अत्याचार र अन्याय गर्नेहरूको जित हुँदैन भन्ने देखाएका कारण हिन्दू धर्मावलम्बीहरूले कृष्ण जन्मिएको दिनलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएका छन्।

कृष्ण जन्मिएको अवसरमा आजै मध्यरातमा कृष्णलीलासमेत देखाइने परम्परा छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.