|

सल्यान : हामी मर्ने बेला कलिला छोरा छोरीलाई यो पहिराले किन लग्यो होला। पहिरोले भत्काएको घर नियाल्दै बालाराम डाँगीले भने, 'आफ्नै घर चिहान बन्यो। बुढेसकालको लौरी नै  भाँचियो।'

एक छोरा र दुई छोरीलाई आफैले बनाएको घर भत्किएर ज्यान लिएपछि डाँगी दम्पत्तिको मन अझै बहलाएको छैन। छोरा छोरी गुमाएपछि डाँगी दम्पत्ति अर्धचेत अवस्थामा रहेका छन्। हे भगवान हामी मर्ने समयमा छोराछोरीलाई किन लग्यौ गहभरी आँशु पादै बालारामले भने, 'बुढाबुढी अब कसको आशमा बाँच्ने।' आइतबार साँझ घरमाथिबाट आएको पहिरोले घर भत्किँदा डाँगीका दुई छोरी र एक छोराले ज्यान गएको थियो।

घरका सदस्य सबैलाई गुमाएपछि उनीहरू अहिले बिचलित मनस्थितिमा रहेका छन्। 'छोराछोरीलाई पढाएर बुढेसकालको साहारा बनाउने सपना सबै पहिरोले चकनाचुर बनाई दिएको छ। दुख सुख गरेर छोरा छोरीलाई हुकाई रहेका थियौ। तर आफ्नै घर चिहान बन्यो' बलिन्द्र आँशु झार्दै पिमला डाँगीले भनिन्। 'हामीले कसको के विगारेका थियौ र हामीमाथि यति ठूलो ब्रजपात भयो।

अब कसको आसमा बाँच्नु छ' रुदै उनले भनिन्। उनले भनिन्, 'बुढेसकालमा हामीलाई दागबत्ति देलान भनेको आफूले उल्टो छोराछोरीलाई दागबत्ति दिनु पर्‍यो। हे भगवान  हामीले के नै गल्ती गरेका थियौ र? यतिठुलो दुख दिएयौ।'

भान्सा कोठामा आगो तापि रहेका छोरी छोरीलाई पहिरोले लियो। हाम्रो भन्नु अव को नै छ र। गहभरी आँशु पार्दै डाँगीले भनिन्, 'अब छोराछोरी सम्झनामा मात्र सीमित भए। अव कसको मुहार हेरेर बाँच्नु।' अहिले उनलाई भत्किएको घर वरपर छोराछोरी खेलेको मात्र सम्झना आउछ। बेलाबेला छोराछोरी पुरिएको भग्नावेश हेर्छन्। घटना सम्झिँदा आँशु खसाल्दै भने, 'के गर्नु मेरा लागि आफ्नै घर चिहान बन्यो।'

घटना लगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको टोली पुगी उद्दार गरेको थियो। घटनास्थल पुगेर प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले २५ हजारका दरले किरिया खर्च वाफत ७५ हजार राहत प्रदान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.