|

काठमाडौंः सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारतबीचको खुला सीमा दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन्।

सीमाविद् श्रेष्ठले नेपाल–भारतबीचको सीमा चरम दुरुपयोग भएको स्मरण गराउँदै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गरे। बुधबार ललितपुरमा आयोजित ‘खुला सिमानाः अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खुला सीमाकै कारण दुई देशबीच अपराधिक गतिविधिमा वृद्धि भएको पनि स्पष्ट पारे।

सीमाविद् श्रेष्ठले आतंककारी गतिविधि गर्नेहरुलाई निष्तेज पार्न पनि सरकारले खुला सीमाको दुरुपयोग हुन नदिने व्यवस्था गर्न ढिलाई गर्न नहुने आवश्यक्ता औंल्याए।

सीमाविद्हरुले खुला सीमालाई अवसरभन्दा चुनौतिको रुपमा लिएर सोही अनुसारको काम, कार्वाहीलाई अघि बढाउन नेपाल–भारत दुवै पक्षबीच विस्तृत छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.