|
फोटो : लाक्पा शेर्पाको फेसबुक

काठमाडौं : लाक्पा शेर्पाले 'नेपाल आमा भाग- २' गीत सार्वजनिक गरेका छन्। युट्यूबमा सार्वजनिक गीतमा अन्धकार हटाउनलाई नेपालीहरु जुट्नुपर्ने र समाजमा भएका कुरितीका विरुद्ध लड्न नडराउनुपर्ने उल्लेख गरिएको छ।

विदेशमा रहे पनि जन्मभूमि नेपालको माया लाग्ने सन्देश बोकेको गीत लाक्पाले नै लेखेका हुन् भने शैलेस श्रेष्ठले संगीत दिएका छन्।

एक एक कदम अगाडी बढाउदै देशमा विकास गर्नुपर्ने भाव बोकेको गीतको भिडियो छायांकनको काम भइरहेको बताइएको छ।

लाक्पा याक नामले परिचित गायकको पहिलो गीत 'नेपाल आमा' यसअघि नै सार्वजनिक भइसकेको छ। गत बर्षको नाकाबन्दी, भूकम्प र विदेशिन बाध्य नेपालीका समस्यालाई उक्त गीतमा समेटिएका थिए।

विदेशिएका नेपाली युवाहरुलाई देश विकासका लागि नेपाल फर्कन आग्रह गरिएको लाक्पा याकको 'नेपाल आमा भाग- २' को भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.