|

विराटनगर : सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक हालसम्म पनि लागू नभएको भन्दै संयुक्त ट्रेड युनियनहरूले आन्दोलनको चेतावनी दिएका छन्।

विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेडयुनियन महासंघ, नेपाल समाजवादी ट्रेड युनियन महासंघका प्रतिनिधिहरूले यस्तो चेतावनी दिएका हुन्।

७ दिनभित्रमा आधारभूत पारिश्रमिक अाठ हजार ४५५, महँगीबाट चार हजार ९९५ गरी १३ हजार ४५० रुपैयाँ मासिक र दैनिक पारिश्रमिक र महँगीबाट गरेर ५१७ दिनुपर्ने नेताहरूले बताएका छन्। त्यसका अलावा श्रम ऐन २०७४ ले दिएका सेवा सुविधा, औषधि, बिमालगायतको कानुनी व्यवस्था लागू गर्न पनि नेताहरूले माग गरेका छन्। 

नेपाल ट्रेड युनियन महासंघका प्रदेश १ का अध्यक्ष किशोर धमलाले सरकारले साउन १ गतेदेखि लागू हुने गरी निर्धारण गरेको न्यूनतम पारिश्रमिक हालसम्म पनि कार्यान्वयन नगरेको बताए। पत्रकार सम्मेलनमा नेपाल समाजवादी ट्रेड युनियनका नेता तेजलाल कर्णले उद्योगीहरूले कुनै पनि बहानामा नेपाल सरकारले तोकेको पारिश्रमिक नदिने भनेर सार्वजनिक अभिव्यक्ति गैर जिम्मेवार रहेको बताए। उनले अहिलेसम्म नीजि अस्पताल, निजी विद्यालय, सेक्युरिटी कम्पनी, डिपार्टमेन्ट स्टोर तथा उद्योगहरूमा अझै पनि बाहानाबाजी गरिरहेको बताए।

अब पनि लागू नगरे संयुक्त ट्रेड युनियन आन्दोलनमा जाने चेतावनी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.