|

काठमाडौं : गोरखाको सानागाउँबाट काठमाडौ‌ंका लागि उडेर सम्पर्कविहीन भएको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमास्‍थल मेघाङमा दुर्घटना भएको छ। अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकोप्टर उडेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सत्यवती गाउँपालिका मेघान नजिकै दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर फेला परेको छ। हेलिकोप्टर दुर्घटनाको खबर आए पनि घटनास्थलसम्म प्रहरी पुग्‍न बाँकी रहेको र घटनास्थल नपुगी विस्तृत विवरण भन्न नसकिने प्रहरीको भनाइ छ। हेलिकोप्टरमा पाइलट र  ६ यात्रु रहेको जनाइएको छ।  घटनाबारे थप विवरण आउन बाँकी छ।
 

अल्टिच्युड एयरको हेलिकोप्टर सम्पर्कविहीन 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.