|

पर्सा : राजनीतिका आडमा आवधिक कर्मचारी भई यही स्वरोजगार प्राप्त हुने भएपछि विगतका वर्षभन्दा गएको आर्थिक वर्ष  २०७४⁄०७५ मा पर्साबाट विदेश पलायन हुन चाहनेको संख्या खटेको पाइएको छ। वडा सदस्यदेखि पालिका अध्यक्ष वा प्रमुख सम्मले पालिकाबाटै पारिश्रमिक लिन पाइने भएपछि त्यही प्रतिस्पर्धामा धेरैजना केन्द्रित हुँदा पर्साबाट गत आर्थिक वर्षमा विदेश जान चाहनेको संख्या घटेको पाइएको हो। 

राजनीतिका आडमा स्वरोजगार हुन नचाहने र पढाइका लागि बाहिर जानेहरूले भने जिल्ला प्रशासन कार्यालय पर्साबाट विगतका वर्षहरूमा झैं विदेश जान राहदानी लिएको तथ्यांकले देखाएको छ। यसरी राहदानी लिनेहरू मात्र पनि ६ हजार ५७० जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्यांकले देखाएको छ। यो संख्या आर्थिक वर्ष २०७३⁄०७४ मा जिल्ला प्रशासन कार्यालयबाट विदेश जान चाहनेले लिएको राहदानीको संख्या भन्दा एक हजार ३०० ले कमी हो। 

गएको वर्ष बाहिर जान पासपोर्ट (राहदानी) बनाउनेहरूमा पनि एक हजार ६१० जनाले भने द्रुत सेवा लिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी षडकुमार पोख्रेलले बताए। उनले भने,'मधेसको जिल्लाका रुपमा गणना गरिएको पर्साबाट मात्र ८८६ जना त महिलाहरूले पनि विदेश जान राहदानी बनाएको तथ्यांकमा देखियो।'  

अघिल्लो आर्थिक वर्षमा भने जिल्ला प्रशासन कार्यालय पर्साबाट राहदानी लिएर बाहिर जान चाहनेहरूको संख्या सात हजार ८७० थियो। यसमा एक हजार ७२१ जनाले द्रूत सेवामार्फत राहदानी लिएका थिए भने ८९९ जना त महिलाहरूले पनि राहदानी लिएकाे सूचना अधिकारी पोख्रेलले बताए। त्यसको तुलनामा गएको आर्थिक वर्षमा भने पर्साबाट बाहिरिन चाहनेको संख्या र द्रूत सेवा प्रयोग गर्ने र महिला अनि कूल संख्यामा पनि पनि कमी आएको देखियो। सूचना अधिकारी पोख्रेलले भने, 'मुलुकबाट बाहिरिनेको संख्यामा थोरै भए पनि कमी आउनु सुखद पक्ष नै मान्नुपर्छ।'  

पोख्रेलले पछिल्लो वर्ष बाहिर जान चाहनेहरूको संख्यामा कमी आउनुको खास कारण भने राजनीतिका नाममा आवधिक स्वरोजगार हुन पाउने अवसर, मलेशियामा नेपालीलाई त्यहाँको सरकारले गरेको कडाई गरेपछि नेपालीहरू अलि हच्किएको अवस्था रहेका बताए। नेपालमा स्थिर राजनीतिकपछि मुलुकभित्रै केही गर्न सकिन्छ कि भन्ने तीन मुख्य कारण हुन सक्छन् सूचना अधिकारी पोख्रेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.