|

जाजरकोट : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गत वैशाख १२ गते जाजरकोट भेरी नगरपालिका–१ स्थित शिव माध्यमिक विद्यालय कालेगाउँमा एक बालक र एक बालिकालाई भर्ना गरेर भर्ना अभियानको शुरु गरेका थिए।

मन्त्री बस्नेतले भेरी नगरपालिका–१ का प्रमोद रावतलाई कक्षा  १ र शर्मिला बिकलाई कक्षा ७ मा विद्यालयमा भर्ना मात्र गरेन्न, अभिभावक भएको घोषणा समेत गरे। ती बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामग्री उपलब्ध गराएका थिए। त्यसबेला मन्त्री बस्नेतले प्रत्येक व्यक्तिले एक विद्यार्थीलाई अनिवार्य भर्ना गर्नुपर्ने सामाजिक दायित्व भएको बताएका थिए।

उनले एक÷दुई जना विद्यार्थी भर्ना गर्नमा मात्र अभियान सीमित नभई गुणस्तरीय शिक्षाबाट कुनै पनि बालबालिका बञ्चित नहुने प्रतिवद्धता व्यक्त गरेका थिए। पढ्न नपाएकालाई पढाउने र रोजगारीको ग्यारिण्टी गर्ने काम सरकारको भएको दावी गरेका थिए।

तर, विद्यार्थी भर्ना गरी काठमाडौं गएका मन्त्री बस्नेतले पुनः जाजरकोट आएर ती विद्यार्थीलाई भेटेका छैनन्। न ती बालबालिकालाई उनले कापी, कलम र पोसाक नै किनिदिएका छन्। बीचमा आएर भेटेको र शैक्षिक सामग्री अथवा केही दिएको जानकारी नपाएको विद्यालयका प्रधानाध्यापक तिलक खत्रीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.