|
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताएका छन्। 

नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सोमबार सिंहदरबारमा भएको भेटघाटमा उनले भने, 'नेपाल सम्वत् हाम्रो मौलिक पहिचान भएकाले यसलाई स्थापित गर्न सरकार गम्भीर रहेको छ।'

प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका अनुसार भेटमा नेपाल सम्वत् राष्ट्रिय समारोहका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई यही कात्तिक १५ गते उपत्यकामा आयोजना हुने नेपाल सम्वतको मूल समारोह कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरिदिन हुन आग्रह गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.