|

सुनसरी : इटहरी उपमहानगरका विज्ञ सल्लाहकारहरूले सडक, पैनी र खोला अतिक्रमण हुन नदिन मापदण्डलाई कडाइका साथ पालना गराउन उपमहानगरलाई सल्लाह दिएका छन। सल्लाहकार समूहको मंगलबार बिहान बसेको बैठकले मापदण्ड वनिसकेको भए मापदण्ड पालना गराउनुपर्ने र मापदण्ड नवनेको भए वनाएर व्यवस्थित गर्न सल्लाह दिएको विज्ञ सल्लाहकार संयोजक डा. दिवाकर रेग्मीले जानकारी दिए।

बैठकमा इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले खोला पैनीको अधिकार क्षेत्र तोक्न चाँडै कार्यदल गठन गर्ने बताए। उनले देशैभरका नगरपालिकामा भवन निर्माण संहितालाई कडाइका साथ कार्यावन्यन गर्न निर्देशन आएको जानकारी दिए। बैठकमा भूगोलका प्राध्यापक सूर्य राईले सडक, खोला, पैनी अतिक्रमण गरेर मापदण्ड विपरित भवन संरचना वनाउन नहुनेमा जोड दिए। उनले मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए।

अर्का भूगोलविद उमानाथ रिजालले इटहरीलाई आधुनिक शहरका रुपमा विकास गर्ने हो भने अहिले देखिनै गुरुयोजना बनाएर अधि वढन सुझाव दिए। प्रा डा. वद्री विशाल पोखरेलले सडक अधिकार क्षेत्र मापदण्ड अनुसार गर्न र खोलापैनी अधिकार क्षेत्रका लागि व्यवहारिक मापदण्ड वनाएर अघि बढनुपर्ने बताए। प्रेमप्रसाद न्यौपानेले पैनी खोलाको अधिकार क्षेत्रका बारेमा राष्टियसँगै स्थानीय मापदण्ड बनाउनुपर्ने बताए। राजेश श्रेष्ठले सडक अधिकार क्षेत्रको मापदण्ड उ वेला वने पनि कार्यावन्यन चाहिँ किन हुन नसकेको भन्ने प्रश्न गरे।

कानुनी सल्लाहकार प्रेम अधिकारीले बनेका कानुनलाई नाघेँर जान नहुनेमा जोड दिए। नगरिक अगुवा वोधराज नेपालले इटहरीका खोला पैनीहरू नक्सामा एकातिर भएपनि अहिले अर्कातिर वगिरहेका कारण तिनीहरूको वहावक्षेत्र तोकेर मापदण्ड लागु गरिनुपर्ने बताए। बैठकमा लेखनाथ घिमिरेले इटहरी उपमहानगरले भए गरेका गतिविधिलाई व्यवस्थित ढंगले जनतालाई जानकार गराउनुपर्ने बताए। इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत छवि रिजालले इटहरी उपमहानगरले सवै सरोकारवालाहरु छलफल गरेर कानुन कार्यावन्यन गर्ने जनाए।

बैठकमा इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले राष्टिय राजमार्गमा सडक अधिकार क्षेत्र सडकको विचवाट दुवैतिर २५/२५ मिटर र सेटब्याक ६ मिटर रहेको जानकारी दिए। खोला किनारवाट १०० फिट र पैनीको हकमा १० फिट छाडेर मात्र भवन संरचना बनाउन पाउने मापदण्ड रहेको उनले जनाए। बैठकमा ६ लेन सडक परियोजनाका डिभिजनल इन्जिनियर विनोद अग्रवालले इटहरीमा करिव ६ किलोमिटर सडक ६ लेन वन्नु इटहरीका लागि ठूलो अवसर रहेको बताए। उनले तोकिएको सडक क्षेत्राधिकार मापदण्डलाई आफूहरूले कार्यावन्यन गर्नुपर्ने पनि बताए।

अहिले पनि सडक अतिक्रमण भइरहेको र गर्ने प्रयास भइरहेकाले यसले भविश्यमा चुनौती ल्याउनेमा सजग गराए। अग्रवालले ६ लेन सडक विस्तारकै क्रममा इटहरीमा आकाशेपुल बनाइने जानकारी दिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.