डलरको मूल्य १२० रुपैयाँसम्म पुग्ने अनुमान

|

काठमाडौं : डलरको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरेका वेला नेपाली बजारमा भने सबैभन्दा बढी उपभोग हुने समय नजिकिएको छ। दैनिक उपभोग्य कतिपय स्टक सामानको कारण अहिले त्यतिधेरै प्रभाव नपरे पनि अबको केही सातामा सिधा असर देखिने विज्ञहरू बताउँछन्।

साउन महिनामा नेपालले सबैभन्दा बढी आयात गरेको पेट्रोलियम पदार्थ, हवाई तथा सवारीसाधन र त्यसका पाटपुर्जा र फलाम तथा स्टिल सबैको मूल्य अनपेक्षित बढ्ने देखिन्छ। अपवादबाहेक सबै उपभोग्य सामग्रीको यसको सोझो प्रभाव पर्ने व्यापारी बताउँछन्।

दसैँको बेला सबैभन्दा बढी बिक्री हुने लत्ता कपडाको मूल्यमा पनि सबैभन्दा बढी प्रभाव पर्नेछ। नेपाल चेम्बरअफ कमर्सका उपाध्यक्ष कमलेश अग्रावलले अहिले मूल्य नबढ्ने अपवाद बाहेकको कुनै सामान नै नहुने बताउँछन्। आयातमुखी अर्थतन्त्र हो, नेपालले उत्पादन गर्ने सामग्री केही छ भने त्यसको कच्चा पदार्थ आयात छ डलरको मूल्य बढ्दा असर नपर्ने क्षेत्र नै छैन' अग्रवालले भने। उनले सबैभन्दा बढी असर पेट्रोलियम पदार्थमा पर्ने बताउँछन्। पेट्रोलियम पदार्थको मूल्य अर्कोपटक समायोजन हुन थप मूल्‍य बढ्ने प्रत्यक्ष देखिएको छ।
आयल निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार डलरको तुलनामा नेपाली रुपैयाँका हिसाबले खरिदमा एक रुपैयाँ बढाउँदा महिनाको १५ करोड  घाटा हुन्छ दुई साताको अहिलेको तथ्यांक लिने हो भने डलरको मूल्य पाँच रुपैयाँ बढी हो।

निरन्तर आकाशियो डलर
गत महिनाभन्दा पहिले डलरको मूल्य ११० रुपैयाँ पुगेको रेकर्ड छैन, तर गत महिना १० अगस्टमा डलरको बिक्री मूल्य ११० रुपैयाँ ४३ पैसा कायम भई त्यसअघिको रेकर्ड तोडियो। त्यसपछि भने रेकर्ड निरन्तर तोडिँदै आएको छ।
मंगलबारको लागि तोकिएको डलरको दर करिब ११७ रुपैयाँ रहेको छ। मंगलबारको लागि डलरको खरिददर ११६ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६७ पैसा रहेको छ।

निरन्तर बढेको डलरको मूल्यको बिक्रीदर गत साता करिब पाँच दिन ११५ रुपैयाँ ०८ रुपैयाँ काय भयो। सोमबारदेखि भने यो मूल्य फेरि बढेको छ। सोमबार बिक्रीदर ११६ रुपैयाँ २३ पैसा तोकिएकोमा मंगलबार ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ।

भारतीय अर्थविद्हरूले भने डलरको मूल्य ७५ भारुसम्म पुग्न सक्ने अनुमान गरेका छन्। यसो गर्दा एक डलर किन्नका लागि १२० नेपाली रुपैयाँ तिर्नुपर्ने अवस्था आउन सक्छ।


दसैँको बजारमा कहाँ पर्छ असर? 
नेपालको ठूलो व्यापार भनेको भारत हो भारतसँग करिब ७० प्रतिशत व्यापार छ स्थिर व्यापार भएको कारण न्यून असर पर्ने कतिपयको बुझाइ रहेको छ। तर, भारतसँगै हुने सबैभन्दा ठूलो व्यापार भारतले पनि डलरमा खरिद गर्ने भएको कारण त्यसको सोझो असर नेपालमा पर्छ। साथै भारतले बनाउने, तर कच्चा पदार्थ तेस्रो मुलुकबाट आयात हुने सामग्रीको मूल्य पनि पर्छ। अर्को धेरै व्यापार हुने छिमेकी देश चीनको मुद्रामा त्यतिधेरै परिवर्तन नआए पनि डलरमा भुक्तानी गर्नुपर्ने भएका कारण त्यसको असर देखिनेछ।

धेरै खपत हुने र असर पर्ने अर्को क्षेत्र हो मेकानिकल सामाग्री। अहिले नेपालले बढी मेकानिकल सामाग्री चाइनाबाट आयात गरिरहेको छ। त्यस्तै, बढी उपभोग हुने मोबाइल फोन तथा टेलिभिजन, ल्यापटप लगायतका सामाग्रीमा पनि मूल्य बढ्ने विज्ञहरू बताउँछन्।

पेट्रोलको खपतले बढ्ने सामग्रीको मूल्य त सोझो असर पर्ने छ नै ढुवानी खर्च पनि बढ्ने भएका कारण त्यसको प्रभाव सामग्रीहरूमा पर्ने गर्छ। कृषिजन्य सामग्रीमा सामान्यतया आयात मूल्य बढ्ने भएका कारण त्यसको प्रभाव पर्ने देखिन्छ भने अन्य सामग्री भने सोझो असर पर्छ।

दसैँका बेला खाद्य सामग्री र चिनीको मूल्य भने सरकारको चिनीमा आयातमा नियन्त्रण गर्ने  नीतिका कारण मूल्यबृद्धि हुने गरेको चेम्बर उपाध्यक्ष अग्रवाल बताउँछन्। तर, सबैभन्दा बढी खपत लत्ता कपडाको मूल्य भने तुलनात्मक रूपमा धेरै बढ्ने देखिएको छ।

नेपालमा अहिले थाइल्याण्ड चीनदेखि अमेरिका, अष्ट्रेलिया र ब्राजिलसम्मका लत्ता कपडा आयात हुने गरेको छ। यी सबै देशमा डलरमा कारोबार हुने भएका कारण लत्ता कपडाको मूल्य बढ्ने बताउँछन् पूर्वसचिव पुरुषोत्तम ओझा।

धेरै खपत हुने र असरपर्ने अर्को क्षेत्र हो मेकानिकल सामग्री। अहिले नेपालले बढी मेकानिकल सामग्री चीनबाट आयात गरिरहेको छ। त्यस्तै, बढी उपभोग हुने मोबाइल फोन तथा टेलिभिजन, ल्यापटप लगायतका सामग्रीमा पनि मूल्य बढ्ने विज्ञहरू बताउँछन्।

दैनिक उपभोग्‍य सामग्री खाने तेलको मूल्यसमेत बढ्ने देखिएको छ। नेपालले अष्ट्रेलिया, ब्राजिल टर्की तथा थाइल्याण्डबाट पनि ठूलो मात्रामा खाने तेलको आयात गर्दै आएको छ। विज्ञहरूले ढुवानी मूल्यको प्रभाव सबै सामग्री र धेरै आयातित वस्तुको डलरको मूल्य बढेको कारण असर पर्ने पूर्वसचिव ओझा बताउँछन्।डलरको मूल्य निरन्तर आकाशिएका कारण तोकिएको लक्ष्यमा मूल्य वृद्धि कायम गर्न चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बै‌कले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.